यौनका कुरा : महिलाले कसरी चरम सुख कसरी प्राप्त गर्छन् ?
के भनिन्छ भने, अक्सर दम्पतीको खटपट ओछ्यानबाट सुरु हुन्छ । फिका यौन-जीवनले दम्पतीको सम्बन्ध सुमधुर रहँदैन । त्यसैले दाम्पत्य सम्बन्धमा यौनको महत्वपूर्ण भूमिका रहन्छ । त्यसो त यौन जीवन रोमाञ्चक बनाउनका लागि श्रीमान र श्रीमती दुबैको समान सहभागिता र सक्रियता आवश्यक हुन्छ । यसमा एक जनाको मात्र इच्छा पनि लाद्नु हुँदैन । दुबै मानसिक र शारीरिक रुपमा तयार भएपछि गरिने यौन क्रिया सही हो । जकी आफ्नो महिला पार्टनरलाई कसरी यौनका लागि तयार गर्ने भन्ने प्रायः पुरुषहरुको समस्या हुन्छ । यौन सम्बन्धको क्रममा कस्ता क्रियाकलाप गर्दा आफ्नो पार्टनरले उत्तेजना महसुस गर्छ भन्ने कुरामा पुरुषहरु त्यती चासो राख्दैनन् । सुन्दा अचम्म लाग्न सक्छ । तर, केवल राम्रो चुम्बनका लागि मात्र होइन राम्रो फोरप्लेका लागि पनि तपाईंंले आफ्नो स्वासलाई लयबद्ध बनाउन जान्नुपर्छ । तपाईंंले जब आफ्नो पार्टनरलाई चुम्बन गर्नुहुन्छ । त्यो समयमा पार्टनरलाई सास फेर्न गाह्रो भएको छ कि भन्ने कुरालाई ध्यान दिनुपर्छ । त्यस्तै, तपाईंंको पार्टनरलाई उत्तेजित गर्न सासले कस्तो काम गर्छ भन्ने कुरा पनि तपाईंंलाई थाहा हुनु आवश्यक छ ...